नवलपुर । प्रतिबन्धित नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा समूहका ‘पूर्वी नवलपरासी जनपरिषद’का उपप्रमुख पक्राउ परेका छन् ।
बिहीवार दिउँसो प्रहरीले पूर्वी नवलपरासी जनपरिषदका उपप्रमुख देवचुली नगरपालिका ४ का दीपककुमार घर्तीलाई पक्राउ गरेको हो । घर्तीसँगै अन्य एक कार्यकर्ता पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
घर्तीसहित पक्राउ पर्नेमा जिल्ला समदस्य देवचुली नगरपालिका ४ कै पारस गौतम रहेका जिल्ला प्रहरी कार्यालय नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।
उनीहरु दुवैलाई घर नजिकैबाट प्रहरीले पक्राउ गरेको उनीहरुमाथि आवश्यक अनुसन्धान भइहरको प्रहरीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया