इटहरीको अम्बे सहकारीको ४० करोड रकम अपचलन, अध्यक्षसहित ५ जना पक्राउ

लोकपथ
70
Shares

विराटनगर । रकम हिनामिनाको आरोपमा इटहरीको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित पाँच जना सञ्चालक पक्राउ परेका छन् ।

बचतकर्ताहरूको करिब ४० करोड बचत रकम अपचलन गरेको आरोपमा संस्थाका अध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

संस्थाका अध्यक्ष फणीन्द्र मगर सहित शिला गजमेर, राहुल अग्रवाल र कुमार आले पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका एक जनाको नाम प्रहरीले खुलाएको छैन ।

गएको साउनदेखि अम्बेले बचतकर्ताले रकम फिर्ता पाउन सकेका छैनन् । पीडितहरूले करिब ४० करोड बचत रकम फिर्ता नआएपछि जिल्ला प्रशासन कार्यालय सुनसरी उजुरी दिएको र रकम फिर्ता गर्न नसकेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध ठगी मुद्दा दायर भएको प्रहरीले जनाएको छ । ठगी प्रकरणको प्रारम्भिक अनुसन्धान सुरु भैसकेको र उनीरूको बयानका आधारमा थप व्यक्ति पनि पक्राउ पर्न सक्ने जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?