राजेश श्रेष्ठको ‘मिठो मिठो मायाको मौसम छ’ सार्वजनिक

काठमाडौं । हेरुका लामा र जेनिलिया श्रेष्ठद्वारा अभिनित भिडियो ‘मिठो मिठो मायाको मौसम छ’को सार्वजनिक भएको छ । 

संगीतकार तथा गीतकार राजेश श्रेष्ठले तयार पारेको यस गीतलाई युट्युवबाट आज (बिहीवार) सार्वजनिक गरिएको हो । गीतलाई सेलीब्रटी नेपालले निर्माण गरेको हो । 

मेचु धिमालको स्वर रहेको गीत ‘मिठो मिठो मायाको मौसम छ’ लाई हेरुका आफैँले भिडियो निर्देशन गरेका हुन् । 

रोमान्टि भावमा तयारी पारिएको यस गीतको भिडियोलाई सुरेस काफ्लेले खिचेका हुन् । भिडियोमा काठमाडौं आसपासका क्षेत्र भिडियोमा देख्न सकिन्छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?