काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं सिफल पुगेका छन् ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक प्रसाईंले आन्दोलनको तेस्रो दिन काठमाडौंको गौशाला नजिक सिफल चौरमा गरिरहेछन् । कार्यक्रम स्थलमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने सिफल क्षेत्रका घरका कौसी, छतमा सशस्त्र प्रहरी बसेका छन् ।
सिफल आसपासको क्षेत्र गौशाला, जयबागेश्वरी, चावाहिल, कालोपुल क्षेत्रमा बाक्लो सङ्ख्यामा दङ्गा नियन्त्रक प्रहरी, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।
काठमाडौं जिल्ला प्रशासनले सुरक्षाको कारण देखाउँदै कार्यक्रम गर्न नमिल्ने भन्दैै सिफल चौरमा स्थान तोकेको हो ।
शुक्रबार भक्तपुरस्थित आफ्नो निवासबाट निस्कन नपाएका प्रसाईं शनिबार भने विरोध कार्यक्रममा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्न पुगेका हुन् ।उनलाई नजरबन्दमा राखेपछि सरकारको चर्को आलोचना भएको छ।
उनलाई नेपाल प्रहरीले स्कर्टिङ गरेर सिफलतर्फ लगेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया