भाषा संरक्षण चुनौतीपूर्ण : परराष्ट्रमन्त्री साउद

लोकपथ
42
Shares

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले देशको भाषाको संरक्षण चूनौतीपूर्ण रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित सुदूरपश्चिम समाज काठमाडौंको १४औं साधारणसभा समारोहलाई सम्बोधन गर्दै उनले भाषा, भेषभूषा बचाउनका लागि निकै समस्या रहेको भन्दै मूल रुपमा देशको भाषको संरक्षण चुनौतीपूर्ण रहेको बताएका हुन् ।

उनले भने, ‘भाषालाई मूल रुपमा संरक्षण गर्न चुनौती छ । केही समस्या छन् । हाम्रो भाषा हाम्रो भेषभूषा बचाउनका लागि बडो गाह्रो छ ।’

उनले हस्तानतरण हुँदै आएका परम्पराहरुलाई आउँदो पुस्तालाई सुरक्षित हस्तान्तरण गरेर समाजको चक्रबाट बिदा लिनुपर्ने धाराणा राखे ।

उनले भने, ‘श्रुतिको आधारमा निरन्तर हाम्रा परम्पराहरु हामीसम्म हस्तान्तरण हुँदै आएका छन् र हाम्रो दायित्व के हो भने ती मूल्य, मान्यता, पद्धति र परम्पराहरु हाम्रो भेषभूषाका कुराहरु जीवनपद्धतिका कुराहरु आउँदो पुस्तालाई सुरक्षित हस्तान्तरण गरेर समाजको चक्रबाट हामी बिदा हुनुपर्छ ।’

उनले सुदूरपश्चिमका भाषा, संस्कृतिले नेपाललाई विश्वसामु चिनाउन सहयोग पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?