काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लगानी सम्मेलन (नेपाल इन्भेस्टमेन्ट–२०१९)मा लगानीको वातावरण बनाउन सरकार असफल भएको बताएका छन् ।
बिहीवार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
नेता पौडेलका अनुसार भोलि (शुक्रवार)देखि काठमाडौंको सोल्टी होटलमा चल्ने दुईदिने लगानी सम्मेलनमा लगानीको वातावरण बनाउन सरकार असफल भएको बताएका हुन् ।
‘लगानी सम्मेलन सफल होस्, मुलुकमा लगानी भित्रियोस् भने हाम्रो चाहना छ तर, सरकारले लगानीको वातावरण भने बनाउन सकेको छैन, उनले भने, ‘लगनीकर्ताको पूँजी, शान्ति सुरक्षा तथा लाभको सुनिश्चिता गर्नु सरकारको दायित्व हो, तर सरकारले यस विषयहरुलाई गम्भीरतापूर्वक लिए राम्रो हुन्थ्यो, मुलुकमा लगानी आए सबैमा लागि राम्रो हो ।’
साथै उनले कम्युनिष्टलाई संघीयता नचाहिएको बताउँदै उनले भने, ‘कम्युनिष्टलाई निरंकुश सत्ता चाहिएको छ, यसै मनसायले लोकसेवा आयोग, अख्तियार र सेनालगायत सम्पूर्ण निकाय प्रधानमन्त्री आफैले आफ्नो हातमा लिन खोज्दै छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया