सार्वजनिक बिदा नबढाउन आग्रह

काठमाडौँ, १० कात्तिक – नेपाल चेम्बर अफ कमर्शले बिदाका समयमा पनि आर्थिक एवं वित्तीय संस्थामा कार्य सञ्चालन हुनुपर्ने माग राखेको छ चेम्बरले आज प्रेस विज्ञप्ति प्रकाशन गरी जात्रापर्वका नाममा धेरै बिदा दिँदा आर्थिक क्षेत्र प्रभावित हुन थालेकाले बताउँदै संस्कृति, जात्रा र पर्वमा सार्वजनिक बिदा दिने वर्तमान सरकारी व्यवस्थाले नेपालको आर्थिक विकासमा नकारात्मक असर पर्न थालेको जनाएको छ व्यापार घाटाले मुलुक आक्रान्त बनेका बेला सरकारी कामका सेवाग्राही मात्रै पीडित नभई मुलुकको अर्थतन्त्र नै डामाडोलको अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?