काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले काठमाडौं तिनकुनेमा गर्ने भनिएको कार्यक्रम स्थल परिवर्तन भएको छ ।
काठमाडौं जिल्ला प्रशासनले सुरक्षाको कारण देखाउँदै कार्यक्रम गर्न नमिल्ने भन्दैै सिफल चौरमा स्थान तोकेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानका सहप्रवक्ता राजाननद माण्डव्यले जानकारी दिए । उनले कार्यक्रम बिहान ११स्३० बजे हुने बताए ।
छलफलमा काठमाडौँ जिल्ला प्रशासनमा प्रहरी, सशस्त्र र सेनाका उच्च अधिकारी सहभागि छलफलमा काठमाडौं तिनकुने क्षेत्रमा कार्यक्रम गर्दा अन्त-राष्ट्रिय बिमानस्थलमा समेत प्रभाब पर्ने तथा सुरक्षा दिन असहज हुने हुदाँ कार्यक्रम स्थल परिवर्तन गरिएकोे सहप्रवक्ता माण्डव्यले बताए ।
छलफलमा आन्दोलन शान्तिपूर्ण तवरले गर्ने, आफ्ना माग र उदेश्य जनता माझ स्पष्ट पार्ने र कुनै हातहतियार र हिंसात्मक आन्दोलन नगर्ने सहमतीसमेत भएको छ ।
साथै उनले हिंसा नचाहेको तर देशका राजनैतिक दल नसच्चिए देश दुर्घटनामा जाने पक्का भएको बताएका छन् ।
उनले भने ‘हामी व्यवस्था बिरोधी हैनौ तर अवस्था बिरुद्ध हाम्रो आन्दोलन जारी रहनेछ।यस्को मतलब हामी राजसंस्थाको बारे सदैव सकारात्मक र हाम्रो एजेन्डा भित्र पर्दछ। जिल्ला जिल्लामा आमसभा, आन्दोलन र बिचार व्यक्त गर्न हामी सबै दाजुभाई दिदिबहिनिहरुमा हार्दिक अनुरोध गर्दछौँ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया