माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेकोप्रति सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

लोकपथ
266
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेको प्रति सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले सरकारका नाममा कारण देखाऊआदेश जारी गरेको
सर्वोच्च अदालतका सुचना अधिकारी गोविन्द प्रसाद घिमिरेले लोकपथलाई जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत मंसिर ५ गतेमाइतीघर मण्डला लगायतका संवेदनशील क्षेत्रमा ३० दिनका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?