प्रधानमन्त्री प्रचण्डलाई नजरबन्दमा राख्ने दुर्गा प्रसाईंको चेतावनी

लोकपथ
217
Shares

काठमाडौं । दुर्गा प्रसाईले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई नजरबन्दमा राख्ने चेतावनी दिएका छन् । शुक्रबार भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै उनले प्रधानमन्त्रीलाई चेतावनी दिएका हुुन् ।

आफ्नै निवासमा सुरक्षाकर्मीले घेराबन्दी गरेपछि दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन् ।

उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ । बिहीबार राजधानीको बल्खुमा विरोध प्रदर्शन गरेका प्रसाईंले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए ।

तर, स्थानीय प्रशासनले शुक्रबार तिनकुने क्षेत्रमा प्रदर्शनको अनुमति नदिइएको थियो । प्रसाईंलाई भने स्थानीय प्रशासनले घरबाट बाहिर निस्किन दिएको छैन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?