काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दुर्गा प्रसाईंको आन्दोलनमा सरकारले गरेको निषेधप्रति असन्तुष्टि जनाएका छन् ।
लामिछानेले दुर्गा प्रसाईंको आन्दोलनमा सरकारले गरेको निषेधपूर्ण व्यवहारप्रति सांकेतिक असन्तुष्टि प्रकट गरेका हुन् ।
आज मधेसमा आयोजित एक कार्यक्रममा बोल्दै लामिछानेले जनताका मुद्दा जसले पनि उठाउन पाउनुपर्ने र निषेधको राजनीति धेरै समय नटिक्ने बताए ।
उनले आफूलाई लागेको कुरामा विरोध गर्न पाउने अधिकार संविधानले नै दिएको स्मरणसमेत गराए ।
उनले जोजो अहिले विभिन्न ढंगले आफूलाई अभिव्यक्त गरिरहका छन् जनताको मुद्दा उठाउने सवालमा उनीहरुको आवाज रोकिन नहुने बताए । साथै उनले सबैले रोजेको बाटो एउटै हुनुपर्छ भन्ने नभएको पनि बताए ।
यस्तै उनले मिटरव्याज पीडित, लघुवित्त, सहकारी पीडित, जसले, जहाँबाट, जुन कोणबाट भुइँमा रहेका मान्छेको आवाज उठाउँछ, त्यसको राज्यले सम्मान गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया