पूर्वी नाकाहरुमा प्रहरीको सुक्ष्म निगरानी

लोकपथ
35
Shares
फाइल तस्बिर

विराटनगर । भारतसँग सीमा जोडिएका कोशी प्रदेशका चार जिल्लाका नाकाहरूमा प्रहरीले केही दिनयता निगरानी र जाँचमा कडाइ गरेको  छ ।भारतबाट अवैध घुसपैठको आशंकामा नाकाहरुमा कडाइ गरिएको हो ।

प्रदेश प्रहरी कार्यालयले सीमावर्ती क्षेत्रमा तालिमप्राप्त कुकुरसहित प्रहरी गस्तीलाई निरन्तरता दिइरहेको छ ।प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक राजेश बास्तोलाका अनुसार झापा, मोरङ, सुनसरी र इलामका नाकाहरूमा निगरानी बढाइएको बताए । उनका अनुसार अझै केही दिन नाकाहरुमा विशेष निगरानी जारी रहनेछ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राजधानीकेन्द्रित प्रदर्शन जारी राखेसँगै प्रहरीले नाकाहरुमा निगरानीलाई निरन्तरता दिने भएको हो ।नाकाहरुबाट नेपाल प्रवेश गर्नेहरुको परिचयपत्र हेर्ने, आउनुपर्ने कामसहित जानकारी लिने गरेको छ ।

आफ्नो आन्दोलनमा भारतबाट समेत सहभागी हुन आउने जानकारी प्रसाईँले सार्वजनिक गरेपछि प्रहरीले निगरानी बढाएको थियो ।

प्रहरीले मोरङको जोगबनी, झापाको काँकडभिट्टा, भद्रपुर, इलामको पशुपतिनगर र सुनसरीका नाकाहरूमा सुक्ष्म निगरानी भइरहेको जनाएको छ ।यस क्रममा नेपाल प्रवेश गर्न खोज्ने कतिपय समूहलाई प्रहरीले नाकाबाटै फर्काएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?