काठमाडौं । युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले मध्यपहाडी र पुष्पलाल राजमार्ग नेकपा एमालेको पहलमा बनाएको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई बाहेक उक्त राजमार्गमा हिँड्ने अधिकार अन्य नेतालाई नभएको बताएका छन् ।
एमाले पार्टी कार्यलयमा शुक्रबार आयोजित युवा संघको केन्द्रीय कमिटी बैठकमा उनले पुष्पलाल र मध्यपहाडी राजमार्ग निर्माणको जस एमालेले मात्र पाउनुपर्ने दाबी मात्र गरेनन् ओलीबाहेक अरु नेतालाई हिँड्ने अधिकार समेत नभएको बताए ।
‘मध्यपहाडी र पुष्पलाल राजमार्ग भनेर बनाउने गौरवपूर्ण जस भएको पार्टी एमाले हो,’ उनले भने, ‘त्यही भएर मध्यपहाडी राजमार्गमा हिँड्ने अधिकार केपी ओलीलाई मात्रै छ, अरु कुनै नेतालाई छैन । एमालेबाहेक अरु कसैलाई छैन ।’मध्यपहाडी राजमार्गबाटै जनतामा नयाँ जागरणको अभियान चलाउने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया