पोखरामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

लोकपथ
98
Shares

पोखरा । पोखरामा मोटरसाइकलकाे ठक्करले   एक जना पैदल यात्रीको मृत्यु भएको छ । पोखरा ५ मालेपाटनमा १९ प ९३३२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बाटोमा हिँडिरहेका टंकबहादुर कुमाल मगरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते मगरको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक थरबत थापा घाइते छन् । उनको फिस्टेल अस्पतालमा उपचार भइरहेको  प्रहरीले जनकारी दिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?