काठमाडौं । प्रहरीले तिनकुनेमा पैदल यात्रा गर्ने यात्रुलाई समेत पक्राउ गर्न थालेको छ । अभियन्ता दुर्गा प्रसाईंले आज तिनकुनेबाट आन्दोलन सुरु गर्ने बताएसँगै प्रहरीले तिनकुनेको बाटो भएर हिँड्ने यात्रुलाईसमेत पक्राउ गर्न थालेको हो ।
यता जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंको समूहलाई तिनकुनेमा प्रदर्शन गर्ने अधिकार नदिइएको जनाएको छ ।
त्यसैलाई मध्यनजर गर्दै प्रहरीले हालसम्म दर्जनौँ सर्वसाधारण पक्राउ गरिसकेको छ । साथै, भक्तपुरस्थित दुर्गा प्रसाईंको घर अघि पनि ठूलो समूहमा प्रहरी परिचालन गरिएको जनाइएको छ ।
प्रसाईंले नेतृत्व गरेको समूहले हिजो बिहिबार बल्खुमा बृहत जनप्रदर्शन गरेको थियो । प्रसाईंको समूहले गणतन्त्रको विरोध गर्दै राजसहितको हिन्दूराष्ट्रको पक्षमा नाराबाजी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया