काठमाडौं । उप–सभामुख इन्दिरा राना मगरले बालबालिकामा लगानी बढाउनुपर्ने बताएकी छन् ।
शुक्रबार काठमाडौंमा आयोजित दुई दिने आदिवासी प्राज्ञिक मगर सम्मेलनमा उनले बालबालिका नै देशको भविष्य भएकोले उनीहरुलाई आर्थिक, सामाजिक, सांस्कृति सबै पक्षबाट लगानी गर्न आवश्यक भएको बताईन् ।
उनले बालबालिकालाई भाषा, धर्म, संस्कार, संस्कृति सबै कुराबारे अहिलेबाटै सिकाउनुपर्ने भन्दै मगर प्राज्ञिक समूहलाई यसकुरालाई प्राथमिकतामा राख्न आग्रह गरिन् ।
उपसभामुख रानाले भनिन्, ‘हामी ठूलाठूला विकासको कुरा गर्छौ तर,जो भोलिको हाम्रो भविष्य निर्माणका खम्बाहरु हुन् । ती हाम्रा भविष्यका पुस्तालाई विर्सियौं भने राम्रो हुँदैन । त्यसैले हाम्रा भाषा, धर्म, संस्कार र संस्कृतिबारे साना बालबालिकालाई सिकाउनुपर्छ ।
आज हामीले उनीहरुमाथि लगानी गर्यौं भने सय वर्ष अगाडि जान्छ र त्यसको लेगेसी निरन्तर अगाडि बढ्छ ।’ उनले मगर समुदायले अर्गानिकखेतीपाती गर्दै आएको र हाल त्यसले निरन्तरता पाउन छाडेकोमा चिन्ता प्रकट गरिन ।
मगर समुदायमा पहिला कन्दमूल जस्ता अर्गानिक चिजहरुमात्र खाने प्रचलन थियो । अब त मगरहरुले खेती नै गर्न छाडिसके । क्यामिकलको लागि बजेट छुट्याउनुभन्दा हामीले जहाँ मगर गाउँ धेरै छ, त्यहाँको पुरानो मगर खाना र संस्कृतिको प्रमोट गर्नुपर्छ ।
जब खानै राम्रो खाएका छैनौँ र सफा पानी पिएका छैनौँ भने त्यो देशको सम्वृद्धि हुँदैन भन्ने ठान्छु म’ रानाले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया