काठमाडौं । जुवा खेलिरहेको अवस्थामा देशका विभिन्न स्थानबाट २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट ११ जना लमजुङबाट ११ जना र काभ्रेबाट ४ जनालाई पक्राउ गरेको हो ।
झापाको दमक नगरपालिका–७ हाटखोला बस्ने ४१ वर्षीय कर्णबहादुर राई सहित ११ जनालाई विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले नगद ३ लाख ५३ हजार ६ सयरूपैयाँसहित र २ बुक ताससहित पक्राउ गरेको छ।
त्यसैगरी, लमजुङको सुन्दरबजार नगरपालिका–६ खत्रिठाटी बस्ने ४३ वर्षीय शुभाष श्रेष्ठ सहित ११ जनालाई श्रेष्ठको घरमा जुवातास खेलिरहेको सुचनाको आधारमा लमजुङ जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरीले उनीहरूलाई नगद १लाख २४ हजार २ सय ९५ रूपैयाँ, ६ बुक तास,१ सेट पासा, १६ थान कौडासहित पक्राउ गरेको हो ।
त्यस्तै, काभ्रेको भुम्लु गाउँपालिका–७ बस्ने ३९ वर्षीय भरत गिरी समेत ४ जनाजुवातास खेल्दा खेल्दै पक्राउ परेका छन् । भुम्लु गाउँपालिका–८ भुम्लुटारस्थित खाली घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरी चौकी दोलालघाट र प्रहरी चौकी सल्ले भुम्लुबाट खटिएको प्रहरीले नगद ७९ हजार ४ सय ७५ रूपैयाँ र १ सेट कौडासहित उनीहरूलाईपक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेका जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया