नेकपा प्रदेश ३ कमिटीका पदाधिकारीको शपथ आज

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ३ कमिटीका पदाधिकारीहरुको आज (बिहीवार) शपथ हुने भएको छ । 

प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका शिर्ष नेताहरुको उपस्थितिमा कमिटीका पदाधिकारीहरुको शपथ आज हुन लागेको हो । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार राजधानीको मिनभवनमा मध्यान्ह १२ बजे शपथ कार्यक्रम राखिएको छ । 

गत मंसिर १२ गते बसेको सचिवालय बैठकले तत्कालीन नेकपा एमालेबाट १ सय १६ र माओवादी केन्द्रबाट १ सय १ गरी २ सय १७ सदस्यीय प्रदेश कमिटी गठन गरेको थियो । 

प्रदेश कमिटी गठन भएको ४ महिनापछि आज ३ नम्बर प्रदेशका पदाधिकारीहरुको शपथ हुने लागेको हो । 

यसअघि गत चैत ३ गते १ नम्बर प्रदेश कमिटीको शपथ ग्रहण भएको थियो । 

प्रदेश ३ संख्याका हिसाबले नेकपाको सबैभन्दा ठूलो कमिटी हो भने नेकपाले अष्टलक्ष्मी शाक्यलाई प्रदेश इञ्चार्जको जिम्मेबारी दिएको थियो ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?