राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्न सरकारलाई निर्वाचन आयोगको प्रस्ताव

लोकपथ
42
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने गरी मिति प्रस्ताव गरेको छ ।

बिहीबार आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने प्रस्ताव गरेका हुन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी माघ ११ गते निर्वाचन गर्ने गरी मिति तोक्न सरकारलाई परामर्श दिएको जानकारी दिए ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्य (२० जना)को पदावधि सकिँदैछ भने त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?