शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको राजावादी टायर बाल्ने अवस्थासम्म

लोकपथ
175
Shares

काठमाडौं । राष्ट्र, राट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियानले गरेको आन्दोलन जारी रहेको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अगुवाईमा भएको आन्दोलनमा बिहीबार दिउँसो झडप समेत भएको छ ।

शान्तिपूर्ण आन्दोलनका लागि देशभरबाट आएका राजावादी समर्थकहरु अन्तिममा ढुंगामुढा र टायर बाल्ने अवस्थासम्म पुगेका छन् ।

बल्खुचोकबाट कालिमाटीतर्फ प्रहरीको सुरक्षाघेरा तोड्न खोजेपछि केहीबेर स्थिती अशान्त बनेको थियो । भने अहिले बल्खु चोकमा दुुर्गा प्रसाईं समर्थकहरुले टायर बालेर आन्दोलन गरिरहेका छन् ।

‘नारायणहिटी खाली गर, हाम्रो राजा आउँदैछन्’, ‘गणतन्त्र मुर्दावाद’, ‘टोलटोलमा हल्ला छ राजा ल्याउने सल्लाह छ’, ‘जंगे पिल्लर के भन्छ, राजसंस्था ले भन्छ लगायतका नाराय लगाइरहेका छन् ।

प्रहरीले आफूहरुको आन्दोलनलाई धरपकड गरेको भन्दै दुुर्गा प्रसाई नेतृत्वले भोलिका लागि काठमाडौं बन्दको घोषणा समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?