काठमाडौं । संखुवासभामा चन्द्र बहादुर तामाङको घरमा आगलागी हुदाँ ८ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
खाँदवारी नगरपालिका–६ पाङ्खास्थित लप्से टोल बस्ने ३४ वर्षीय चन्द्र बहादुर तामाङको घरमा बुधबार बिहान आगलागी हुँदा २ सय ८० किलोग्राम अलैंचि, १ सय क्युविक काठ, नगद २० हजार रूपैयाँ, सुनको गहना, अन्नपात, लत्ताकपडा र भाँडावर्तन लगायतका सामान जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
प्रहरीले स्थानीय बसिन्दाको सहयोगमा आगलागी नियन्त्रण गरेका थिए ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया