पार्टी एकताका लागि जिल्ला संयोजन समिति गठित

रुकुम, १० कात्तिक – पश्चिम रुकुममा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताका लागि संयोजन समिति गठन गरिएको छ । माओवादी केन्द्रबाट चार र एमालेका तर्फबाट तीन सदस्य रहेको सात सदस्यीय संयोजन समिति गठन गरिएको हो । समितिमा माओवादी केन्द्रका तर्फबाट केन्द्रीय सदस्य राजकुमार शर्मा, वसन्त शर्मा, महेन्द्र केसी र बुद्धिप्रसाद शर्मा तथा एमालेका तर्फबाट केन्द्रीय सदस्य शेरबहादुर केसी, जिल्ला अध्यक्ष विमलकुमार पुन र प्रदेश नं ६ का सदस्य ठगेन्द्रप्रकाश पुरी रहेको आज आयोजित पत्रकार सम्मेलमा जानकारी दिइयो । केन्द्रमा भएको सहमतिअनुसार रुकुम पश्चिममा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गरिने बताएको छ तर सामानुपातिकमा भने दुवै पार्टीले आआफ्नो चुनाव चिह्नमा मतदान गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?