बल्खुमा प्रहरी र दुर्गा प्रसाईं पक्षबीच झडप (तस्बिरसहित)

लोकपथ
247
Shares

काठमाडौं । बिहीबार दिउँसो प्रहरी र दुर्गा प्रसाईंले नेतृत्वको प्रदर्शनकारीबीच झडप भएको छ ।

बल्खु चोकबाट कालिमाटीतर्फ प्रहरीको घेरा तोडेर आन्दोलनकारी जान खोजेपछि झडपको स्थिती सिर्जना भएको हो ।

भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौँ अश्रु ग्यास समेत प्रहार गरेको थियो । शुरुमा शान्तिपूर्ण आन्दोलन गर्ने भनिए पनि अन्तिममा मुठभेडको स्थिती सिर्जना भएको थियो  । अहिले भीड नियन्त्रणमा भए पनि बल्खु कालिमाटी एरियामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?