‘विप्लव’ नेतृत्वको नेकपाका तीन नेता धरौटीमा रिहा

रोल्पा  । रोल्पाका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन नेता धरौटीमा रिहा भएका छन्।

२४ दिन हिरासतमा बसेका गंगादेव गाउँपालिकाका टीकाराम परियार, सुनिल स्मृति गाउँपालिका-१ घोडागाउँका नेपेन्द्र सेन र रोल्पा नगरपालिका-४ लिबाङका लालबहादुर सुनार रिहा भएका हुन्। 

न्यायाधीश रमेशप्रसाद ज्ञवालीको एकल इजलासले उनीहरुलाई जनही ६० हजार धरौटीमा छोड्न आदेश दिएको हो।  

तीनैजनालाई राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरुद्धको मुद्दा लगाइएको थियो। पूर्वी रोल्पाको गजुलस्थित एनसेल टावरमा आगजनी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?