प्रचण्डको अमेरिका भ्रमणले राजनीतिक रुप लिँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकी विदेश मन्त्रालयमा राजनीतिक भेटवार्तामा व्यस्त छन् ।

यही चैत ३ गते पत्नी सीता दाहालको उपचारका लागि भन्दै अमेरिका प्रस्थान गरेका अध्यक्ष प्रचण्ड यतिखेर विभिन्न राजनीतिक दलका नेताहरुसँगको भेटवार्तामा व्यस्त छन् । 

उनले हिजो (सोमवार) अमेरिकी विदेश मन्त्रालयकी एलिस वेल्सका साथै  नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट एच डिलिसीसँग पनि दाहालले भेटर्वार्ता गरेका छन् । 

तर, भेटमा के कुरा भयो भन्ने विषयमा दुवै पक्षले औपचारिक रुपमा सार्वजनिक गरेका छैनन् । 

यद्यपी प्रचण्डका सहयोगीले नेपालको राजनीतिक उपलब्धि र द्विपक्षीय हितका विषयमा कुरा भएको बताएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?