धनकुटाको निगालेमा एकै परिवारका ३ जना मृत फेला

लोकपथ
91
Shares

काठमाडौं । धनकुटाको निगालेमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् ।

धनकुटा नगरपालिका १ निगालेमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरुको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत फेला परेको  प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुकी ६ वर्षीया छोरी सकुशल रहेको र घरमा विवाद भएपछि श्रीमान टिकाले छोरीलाई छिमेकीको घरमा लगेर राखेका थिए ।

प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि अस्पताल पठाएको छ भने मृत्युको कारण खुलेको छैन । आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?