काठमाडौं । काठमाडौंंमा दुई पक्षले घोषणा गरेको आन्दोलन आज हुँदैछ ।
गणतन्त्रविरोधी र गणतन्त्रको रक्षाका लागि भन्दै दुई फरक समूहले घोषणा गरेको आन्दोलनको प्रभाव बिहानैबाट देखिन थालेको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृती र नागरिक बचाउ महाअभियानले आज यो व्यवस्थाको विरुद्ध आन्दोलन गर्न लागेको छ । भने नेकपा एमाले निकट युवा संघ नेपालले पनि आज गणतन्त्रको स्थायित्वका लागि भन्दै आन्दोलन गर्न लागेको हो ।
दुवै समूहले एकै दिन आन्दोलन गर्न लागेपछि सरकारले त्यसबाट क्षती हुन सक्ने भन्दै दुवै पक्षलाई फरक फरक स्थान आन्दोलनका लागि तोकिदिएको छ ।
दुर्गा प्रसाईंले विभिन्न मागसहित गर्न लागेको आन्दोलन बल्खुमा हुँदैछ भने युवा संघले गर्न लागेको आन्दोलन तीनकुनेमा हुनेछ ।
आन्दोलनबाट हुन सक्ने क्षतीको पूर्वानुमान गर्दै सरकारले विभिन्न स्थानमा निषेधाज्ञा समेत जारी गरेको छ ।
दुवै पक्षले आ–आफ्नो क्षेत्रको आन्दोलनका लागि विभिन्न रुटबाट आन्दोलनमा सहभागि हुनेहरुका लागि व्यवस्थापन मिलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया