‘हिमेश’ भन्ने व्यक्तिले श्रीमती कुटेपछि तनावमा हिमेश पन्त

लोकपथ
2.3k
Shares

काठमाडौं । एउटै नाम गरेको व्यक्तिले गलत गर्दा कमेडियन एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हिमेश पन्त तनावमा परेका छन् ।

केही दिनदेखि हिमेश भन्ने व्यक्तिले कुटेको भन्दै एक महिलाले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेकी थिइन् ।

हिमेशले आफूलाई कुटेको भनेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनै कमेडियन हिमेश पन्तले नै ति महिलालाई कुटेको भन्दै गालीको वर्षा भइरहेको छ ।

हिमेश भन्ने व्यक्तिले कुुटेको भन्दै महिलाले भिडियो सार्वजनिक गरेपछि आफूलाई म्यासेजमा गाली आइरहेको पन्तले बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले एकातिर आफू अविवाहित रहेको र अर्कोतिर आफूले कहिले पनि घरेलु हिंसालाई प्रसय नदिएको भन्दै खण्डन गरेका छन् ।

‘“हिमेश” नाम गरेको एकजना पत्रकारले श्रिमती कुटेको भन्ने भिडियो क्लिप बाहिरिएको रहेछ। हिजो देखी मेरो Inbox मा गालीका मेसेजहरु आईरहेका छन्। म स्पष्ट पार्न चाहन्छु कि, पहिलो कुरा त मेरो बिहे नै भएको छैन। दोस्रो कुरा म कुनैपनि घरेलु हिंसालाई समर्थन गर्दिन। धन्यवाद।’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?