राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटघाट

लोकपथ
161
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ ।

बुधबार बिहान राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री प्रचण्ड पुगेका थिए ।

भेटघाटका क्रममा जाजरकोट भूकम्प पीडितहरुको राहत र पुनस्थापनाका विषयमा छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

यसअघि नै राष्ट्रपति पौडेलले भूकम्प प्रभावित क्षेत्रमा पुगेर त्यसको निरीक्षण साथै पुनस्थापनमा ढिलाइ नगर्न निर्देशन दिएका थिए ।

आजको भेटघाटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा समेत छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?