आन्दोलनमा आएका महिलामाथि अमानवीय हर्कत, के भन्छ युवा संघ ?

लोकपथ
980
Shares

काठमाडौं । मंगलबार राति महिलाहरु सुतिरहेको स्थानमा पुगेर केही युवाहरुले गरेको अमानवीय हर्कतको यतिबेला सामाजिक सञ्जालदेखि सञ्चारमाध्ययमसम्म आलोचना भइरहेको छ ।

मंसिर ७ अर्थात् भोलि हुने आन्दोलनका लागि काठमाडौं आइ पार्टी प्यालेसमा सामूहिक रुपमा सुतिरहेका महिलाहरुमाथि केही युवाहरुले अमानवीय तबरबाट त्यहाँबाट लखेटेका थिए । जसको मुख्य दोषी नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले गरेको भनेर आलोचना भइरहेको छ । युवा संघले भोलि काठमाडौंमा बृहत प्रदर्शन गर्र्दैछ । भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्र, राष्ट्रियता र नागरिक बचाउ महाअभियानले पनि भोलि नै काठमाडौंमा प्रदर्शन गर्न लागेको छ ।
प्रसाईंले आन्दोलनका लागि देशभरबाट मान्छेहरु काठमाडौं आइ पार्टी प्यालेस र होटलमा बसिरहेको दाबी गरिरहेका छन् ।

सोही क्रममा भक्तपुरको लोकन्थलीस्थित इन्द्रसान पार्टी प्यालेसमा बसिररहेका महिलाहरुलाई केही युवाहरुले हटाएको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको छ । जहाँ ‘तपाईहरु ७ गतेको कार्यक्रमलाई आउनुभएको होइन यहाँबाट हट्नुस्’ भनिएको छ ।

एकैदिन दुवै समूहको कार्यक्रम परेकाले युवा संघले सो हर्कत गरेको भनेर आलोचना भइरहेको छ । यता युवा संघका अध्यक्ष क्षितिज थेबेले भने परिचालित व्यक्तिहरुले उक्त हर्कत गरेको र त्यसमा आफूहरुको कुनै हात नभएको दाबी गरेका छन् ।

हिजो अर्को समूहका लागि आएका महिलामाथि युवा संघले किन अमानवीय व्यवहार गर्यो ? भन्ने लोकपथको प्रश्नमा थेबेले भने, ‘हिजोको घटनाप्रति म आफैँ दुखि छु । जो र जूून समूहबाट भएको भए पनि त्यस्ता व्यक्तिलाई कारबाही गर्न हामी र हाम्रो पार्टी प्रतिबद्ध छ । हामीलाई त्यो विषयमा जानकारी नै छैन । कुनै अर्को समूहले हामी र हाम्रो आन्दोलनलाई बदनाम गराउन त्यस्तो हर्कत गरेको हो ।’

महिलाहरुलाई युवाहरुले निकालेपछि उनीहरुले प्रहरीमा खबर गरेका थिए । अहिले ती युवाहरु युवा संघका हुन् या होइनन् भन्ने विषयमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?