आज एमाले केन्द्रीय कमिटी बस्दै

लोकपथ
84
Shares

काठमााडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि बस्दैछ ।

‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको एमाले केन्द्रीय सदस्य तथा सांसद सूर्य थापाले बताए ।

एमालेले यही मंसिर १४ गतेदेखि सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवध्र्दनको एजेन्डा लिएर लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ सुरू गर्ने भएको छ ।

एमालेले यो संकल्प यात्रा दार्चुलाको झुलाघाटबाट सुरु गर्ने तयारी गरेको जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?