भारतले भूकम्पपीडितलाई फेरि पठायो अत्यावश्यक चिकित्सा सामग्रीसहितको राहत सामग्री

लोकपथ
63
Shares

काठमाडौं । मित्रराष्ट्र भारतले जाजरकोट भूकम्प पीडितका लागि अत्यावश्यक चिकित्सा सामग्रीसहित चौथो चरणको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सोमबार नेपालस्थित भारतीय राजदूताबासले सरकालाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।

नेपाल चिकित्सक संघको माग अनुरुप भारतले उक्त राहत सामग्री पठाएको थिया । जसमा अत्यावश्यक औषधी र उपकरण समावेश छन् ।

जाजरकोट केन्द्रबिन्दू बनाएर कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन् राहत सामग्री उपलब्ध गराइसकेको छ ।

छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको छ । नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?