निर्वाचनपछिको एक वर्ष : सोवितासँग काठमाडौं–२ का जनता कति सन्तुष्ट ? (भिडियोसहित)

लोकपथ
520
Shares

काठमाडौं । संघ तथा प्रदेशसभाको निर्वाचन सम्पन्न भएको एक वर्ष पूरा भएको छ ।

एक वर्षको अवधिमा आफूले जिताएका प्रतिनिधिले कतिको काम गर्न सके भनेर मतदाताले मूल्यांकन गर्न थालेका छन् ।

यसै क्रममा लोकपथले काठमाडौं क्षेत्र नं २ का मतदातासँग प्रतिनिधिले गरेको कामका बारेमा कुराकानी गरेको छ । कुराकानीका क्रममा धेरै मतदाताहरुले भने आफूहरुले सोचेजस्तो काम नभएको गुनासो गरेका छन् कतिपयले ५ वर्षको अवधिमा अहिले नै मूूल्यांकन गरिहाल्न नहुने र केही होला की भन्ने अपेक्षा गरेका छन् ।

त्यस्तै सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र निर्वाचित सांसद सोविता गौतमले आफूले सो क्षेत्रका जनताका मागहरुबारे संसदमा आवाज उठाइरहेको बताएकी छिन् ।

प्रस्तुत छ यो भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?