दुर्गा प्रसाईंसँग सहकार्य गर्न ‘लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति’ काे यस्ता सर्त

लोकपथ
343
Shares

काठमाडौं । ‘लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति’ ले दुर्गा प्रसाईंसँग सहकार्य गर्न सर्त अघि सारेको छ । समितिका अध्यक्ष मनिराम ज्ञवालीले प्रसाईंले राजसंस्थाको मुद्दा त्यागे आफूहरु उनीसँग सहकार्य गर्न तयार रहेको बताएका हुन् ।

मंगलबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले राजतन्त्रको मुद्दा बोक्ने प्रसाईबाट वित्तीय अराजकताबाट पीडित जनताले मुक्ति नपाउने समेत दाबी गरे ।

अध्यक्ष ज्ञवालीले २०४२ सालमा राजतन्त्रले खुला अर्थतन्त्र र निजीकरणको नीति ल्याएर देशमा अर्थिक अराजकता निम्त्याएको बताउँदै पुनः त्यही तन्त्रबाट समस्या हल हुने भन्दा झन विग्रने जिकिर गरे ।

बैंक, सहकारी तथा लघुवित्त पीडित जनताको सहानुभूति लिएर राजतन्त्र फर्काउने प्रसाईको द्वैध चरित्रसहितको सपना पूरा नहुने उनको जिकिर छ । आफूहरुले प्रसाईले उठाएका राजन्त्र बाहेकको वित्तिय अराजकता विरोधीे मुद्धालाई समर्थन गरेको उनको भनाइ छ । यस्तो अवस्थामा आफूहरु सहकार्य गर्न समेत तयार रहेको बताउँदै उनले भने, ‘दुर्गा जी जनताको पीडक राजसंस्थाको मुद्धा त्यागेर आउनुस् भोलिबाटै हामी हातेमालो गर्न तयार छौं, तर तपाई पीडितको फेरो समाएर चिहानको कंकाललाई जीवित पर्ने सोच त्याग्नुस् ।’

सो संघर्ष समिति सुदूरपश्चिम प्रदेश इन्चार्ज मणि प्रसाद चौलागाईले आफूहरुको र दूर्गा प्रसाईको आन्दोलन्मा आकास–पातालको अन्तर रहेको धारणा राखे । चौलागाईले सरकारले वित्तिय माफियाहरुलाई कारबाही गर्न नसके आफूहरुले सडकबाट कारबाही गर्ने चेतावनी समेत दिए ।

कर्णाली प्रदेश संयोजक आशा सञ्जेलले लघुवित्तिय संस्थाहरुको अराजकता गाउँगाउँ पुगेर उठिबास लगाउन थालेकाले सरकारले छिटो भन्दा छिटो निकास दिन पर्ने धारणा राखिन् ।

समितिका विदेश विभाग प्रमुख गगन बहादुर विकले देशमा लघुवित्तहरुको ज्यादतिको कारण हजारौं दिदी–बहिनीहरु विदेश गएर झन दुःख पाईरहेकोले अब विदेशबाट पनि झिकाएर संघर्ष गर्ने चेतावनी दिए ।

केन्द्रीय सचिव तथा वार्ता कमिटी संयोजक रमेश तामाङले नयाँ संघर्षका कार्यक्रम सार्बजनिक गर्दै फागुन १ गतेदेखि काठमाडौं केन्द्रीत अनिश्चितकालीन धर्ना तथा विरोध कार्यक्रम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?