माइतीघरमा प्रशासनले गरेको निषेधाज्ञा विरुद्ध सर्वोच्चमा रिट

लोकपथ
35
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

उनले रिटनिवेदनमा स्थानीय प्रशासनको निर्णय बदर गरी निषेधाज्ञाको निर्णय खारेज हुनुपर्ने र नागरिकले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउनुपर्ने माग राखेका छन् ।

उक्त रिटमा सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि निवेदनको प्रारम्भिक सुनुवाइ मिति तोकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?