मेडिकल व्यवसायी प्रसाईंलाई बल्खुमा कार्यक्रम गर्न दिने

लोकपथ
98
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले गर्न लागेको प्रदर्शनको कार्यक्रम स्थल बल्खु तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मेडिकल व्यवसायी प्रसाईंलाई मंसिर ७ गतेको प्रदर्शन बल्खुमा गर्न दिने निर्णय गरेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।

यता माइतीघरमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि युवा संघले पनि काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार सूचना जारी गर्दै कार्यक्रमस्थल तीनकुनेमा सरेको जानकारी दिएका हुन् ।

मेडिकल व्यवसायी प्रसाईंले बल्खुमा कार्यक्रम उद्घाटन गर्ने र थप कार्यक्रम देशभर चल्ने बताए । ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?