काठमाडौं । सामाजिक सञ्जाल टिकटकको प्रतिबन्दविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ ।
सोमबारबाट शुरु भएको मुद्दाको प्रारम्भिक सुनुवाई आजका लागि सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेशी तोकिएको छ ।
गत कार्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले प्रतिबन्ध लगाउन खोजेको भन्दै सर्वोच्चमा त्यसको विरुद्ध ११ वटा रिट परेको छ ।
टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सोमबार प्रारम्भिक सुनुवाई भएको थियो । सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याइने सूचीमा राखिएको थियो ।
रिट निवेदककर्ताले सरकारको निर्णयले संविधानको धारा १७ को उपधारा २ को क ले सुनिश्चिभत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी हकको उल्लंघन भएको दाबीसहित सरकारको निर्णयको बदरको मागदाबी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया