स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ

लोकपथ
105
Shares

काठमाडौं । स्रोत नखुलेको रकमसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बल्खु चोकबाट नगद ४ लाख ९ हजार रूपैयाँसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं ठमेल डेरा गरी बस्ने ३८ वर्षीय झाङ्ग विङ्ग र काठमाडौं बानियाँटार घर भएकी २५ वर्षीया सरिता खड्का रहेका छन ।

बल्खुबाट खटिएको प्रहरीले बा.प्र ०२–०४४ प २६११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त नगदसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान भइरहेकोे जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?