प्रहरीको अपराध फाइलः देशभर कहाँ के भयो ?

काठमाडौं, १० कात्तिक— नेपाल प्रहरीले शुक्रबार देशभर घटेका घटनाको फेहरिस्त सार्वजनिक गरेको छ ।  प्रहरीको केन्द्रीय समाचार कक्षले उपलब्ध गराएका घटनाको विवरण यस्तो छःल्यापटप चोरी गरी भाग्दै गर्दा पक्राउकाठमाडौंः    चन्द्रागिरी नगरपालिका–१३ पुरानो नैकाप डेरा गरी बस्ने बिष्णु बानियाको कोठामा चार्जमा राखेको ल्यापटप कोठाको झ्याल खोलेर चोरी गरी भाग्दै गरेको अवस्थामा कलंकी बस्ने बाराको निजगढ घर भएका २७ वर्षीय नवराज तामाङलाई उक्त ल्यापटप सहित प्रहरीले पक्राउ गरेको छ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ  जुवातास खेल्नेहरु पक्राउ भक्तपुरः सूर्यविनायक नगरपालिका–१ स्थित बिरुवा भिलेज रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँस्थित बिरुवा बस्ने ३३ वर्षाीय उज्वल थापा लगायत ५ जनालाई नगद ५४ हजार ३ सय ६५ रुपैयाँ र ६ बुक तास सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ मोरङः पथरीशनिश्चरे नगरपालिका–६ गेलाबारी बस्ने ४५ वर्षीय ईश्वर भट्टराईको घरमा जुवातास खेलिरहेको अवस्थामा निज भट्टराई समेत २५ जनालाई नगद १ लाख २० हजार ५ सय रुपैयाँ र १६ वटा कौडा सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ  जबरजस्ती करणी गरेको अभियोगमा पक्राउतनहुँः भिमाद नगरपालिका–७ हटिया बस्ने ७ वर्षीया बालिकालाई आफ्नो घरमा आएको बेलामा जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने सुजन श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ  भरुवा बन्दुक बरामदतेह्रथुमः आठराई गाउँपालिका–४ बस्ने ३१ वर्षीय एकनाथ पुलामी मगरको घरमा रहेको एकनाले भरुवा बन्दुक १ थान शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ निज एकनाथले भरुवा बन्दुक बोकेर सोही ठाउँ बस्ने ४० वर्षीय सूर्य तामाङको घरमा गई बारुद भर्ने क्रममा अचानक पड्कँदा एकनाथको पाखुरामा चोट लागेर घाइते भएपछि उपचारको लागि बिएनसी अस्पताल बिर्तामोडतर्फ लगेको भन्ने सूचना पाएपछि खटि गएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ सवारी दुर्घटनामा मृत्युधादिङ— धुनिबेशी नगरपालिका टायलघरस्थित त्रिभुवन राजपथमा बा.२ ख ७१८२ नम्बरको बालुवा बोकेको टिपरले बा.८१ प ७७९७ नम्बरको मोटरसाइकललाई शुक्रबार ठक्कर दिंदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार काठमाडौं त्रिपुरेश्वर बस्ने २२ वर्षीय सलिन तुलाधर र मोटरसाइकल चालक काठमाडौं बबरमहल बस्ने २२ वर्षीय रामेश्वर सिलवालको घटनास्थलमै मृत्यु भएको छ । उक्त टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ  डुबेर मृत्यु तथा वेपत्ताःसर्लाहीः बरथहवा नगरपालिका–१० किसानपुरस्थित छट्टीघाटको पोखरीमा खेल्ने क्रममा सोही ठाउँ बस्ने बिनोद रायकी छोरी २ वर्षीया ललिताकुमारी रायको शुक्रबार डुबेर मृत्यु भएको छ सिन्धुलीः दुधौली नगरपालिका–९ लालपुर बस्ने ३५ वर्षीया इनरमती सदा कात्तिक ६ गते माछा मार्न स्थानीय लखिमा खोला गएकोमा घर फर्की नआएपछि खोजी गर्दै जाँदा शुक्रबार सोही खोलामा मृत अबस्थामा फेला परेकी छन् धनुषाः जनकनन्दनी गाउँपालिका–३ लवटोलीस्थित मामाघर आएका राजेश खत्वे मण्डलको छोरा १४ महिनाको रोहन मण्डल शुक्रबार खेल्ने क्रममा घर नजिकै जमेको पानीमा डुवेर वेहोस भएकोमा उपचारको लागि भारतको जयनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ नवलपरासीः प्रतापपुर गाउँपालिका–२ सेमरीस्थित खजुरा खोलामा पौडी खेल्ने क्रममा सोही ठाउँ बस्ने सकिल अन्सारीको छोरा ७ वर्षीय रोहन अन्सारीको बिहीबार डुबेर मृत्यु भएको छ सप्तरीः रुपनी गाउँपालिका–३ स्थित पिपल पोखरीमा छठ पूजा गर्ने क्रममा बिहीबार अचानक पोखरीमा डुबेर असक्त भएका सोही ठाउँ बस्ने २० वर्षीय भुपेन्द्र साहलाई तत्काल उद्धार गरी उपचारको लागि सगरमाथा अञ्चल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको छ मकवानपुरः ईन्द्रसरोबर गाउँपालिका–१ स्थित ईन्द्र सरोवर तालमा पौडी खेल्ने क्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने १९ वर्षीय रोनाल सुवाल बिहीबार तालमा डुबेर बेपत्ता भएका छन् । प्रहरी र स्थानियवासीको सहयोगमा उनको खोजी कार्य भइरहेको छ घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ  आगलागीबाट धनमाल क्षतिरुकुमः  बाँफीकोट गाउँपालिका–७ बस्ने रामबहादुर कुसारीले घर नजिकै मकैको ढोड जलाउने क्रममा आगो हावाले उडाई निजको र छिमेकी पूर्णबहादुर खत्रीको कच्ची घरमा आगलागी हुँदा दुवैको घर जलेर नष्ट भई करीव १२ लाख ८४ हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?