कच्ची घरभित्र लुकाई राखेको विभिन्न हातहतियार बरामद

लोकपथ
63
Shares

काठमाडौं । कच्ची घरभित्र लुकाई राखेको विभिन्न हातहतियार प्रहरीले बरामद गरेको छ ।

यमुनामाइ गाउँपालिका–३ मलेनियास्थित फुसको छानो भएको कच्ची घरमा हातहतियार लुकाई राखेको भन्ने विशेष सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल समेतको संयुक्त टोलीले उक्त सामान बरामद गरेको हो ।

टोलीले घर तलासी गर्दा मेड इन युएसए लेखिएको पेस्तोल २ थान, पेस्तोल १ थान, एयर गन १ थान, गोली १३ राउण्ड, पेस्तोलको खाली म्याग्जिन ६ थान, मोबाइल २ थान, घडि १ थान, सिमकार्ड ४ थान, पेनड्राइभ १ थान र शेख एजाज अहमदको नामको नेपाली नागरिकता १ थान फेला पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?