पश्चिम नेपालको बझाङमा भूकम्पको धक्का

लोकपथ
154
Shares

काठमाडौं । पश्चिम नेपालको बझाङ केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ ।

सोमबार बिहान ११ बजेर ३७ मिनेट जाँदा धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

आइतबार पनि रुकुमको हुकम केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो । यसअघि कर्णाली प्रदेशकै रुकुम र जाजरकोटमा भूकम्पका कारण सयौँ मानिसहरुको मृत्यु भएको छ भने हजारौँ भौतिक संरचनाहरु क्षतिग्रस्त भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?