सरकारले दिने आश्वासन पूरा गर्न बाध्य बनाइने

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकले सरकारले दिने आश्वासन पूरा गर्न बाध्य पार्नुपर्ने निर्णय गरेको छ ।

सरकारले दिएका आश्वासनको रेकर्ड राखेर त्यसको अनुगमन गरी पूरा गर्न बाध्य पार्नुपर्ने निर्णय गरेका हुन् । 

मंगलवार बसेको बैठकमा सांसदहरुले सरकारले आश्वासनमात्र दिने तर पूरा नगर्ने प्रवृत्ति देखिएको भन्दै निगरानी गर्नुपर्ने बताएका हुन् ।

त्यस्तै समितिले सरकारलाई प्रत्यायोजित व्यवस्थापनसम्बन्धी काम गर्न र गराउन निर्देशन दिएको छ । समितिको मंगलवार सिंहदरबारमा बसेको बैठकले प्रत्यायोजित व्यवस्थापनसम्बन्धी काम गर्न र गराउन २२ वटै मन्त्रालयलाई निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?