बुटवल । नेपाली काँग्रेसकी नेतृ डा. डीला संग्रौलाले सुरक्षा शान्ति, सुशासन र समृद्धिको मुद्दामा सरकार पूर्ण रुपमा असफल भएको दावी गरेकी छिन् ।
बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संग्रौलाले ‘एउटी बालिकाको बलात्कार र बिभत्स हत्या भएको ८ महिना बितिसक्दा पनि अपराधी पत्ता लगाउन नसक्ने यो सरकार नालायक र भ्रष्ट भएको बताइन् ।
निर्मला पन्तका हत्यारालाई प्रधानमन्त्री र गृहमन्त्रीले लुकाएको आरोप पनि लगाएकी छन । बालुवाटार र सिहंदरबार भित्रैबाट अपराधीको संरक्षण गरिएकाले प्रहरीले पन्तका हत्यारालाइ पक्राउ गर्न नसकेको उनको दाबी छ ।
‘भ्रष्टाचारले प्रधानमन्त्री मन्त्रीहरु मोटाउँदै गए, जनता दुब्लाउँदै गएका छन्,’ नेता संग्रौलाले भनिन् ।
राष्ट्रियताको सवालमा सिके राउत र प्रधानमन्त्री केपी शर्मा ओली एकै सिक्काका दुई पाटामा उभिएको उनको दाबी छ । उनले विप्लव नेकपालाई प्रतिबन्ध लगाएर देशलाइ मूठभेड तीर धकेल्न खोजेको आरोप समेत लगाइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया