काठमाडौंमा यसरी मनाईयो छठ (फोटो फिचर)

लोकपथ
91
Shares

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ ।

तराई तथा पहाडी मूलका सबै ब्रतालूले आज, बुधबार, साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन ।

तराईका विभिन्न ठाउँसँगै आज काठमाडौंको गौरीघाट, कमलपोखरी, थापाथलीलगायतका स्थानमा छठ मनाएका छन् ।

यही क्रममा छठ घाटमा भेला भएका ब्रतालुले अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएर छठ पर्वको मुख्य दिनको विधि पूरा गरेका छन् ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेल गौरीघाट पुगेका थिए। पौडेलले गुह्येश्वरीमा तयार पारिएको छठी माताको दर्शन गरेका छन् ।

यसअघि काठमाडौं महानगरका मेयर बालेन शाह पनि त्यहाँ पुगेर छठी माताको दर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?