काठमाडौं । लोकतान्त्रिक व्यवस्थाविरुद्ध आवाज उठिरहेको भन्दै आन्दोलन गर्न लागेको एमाले निकट अनेरास्ववियुले आन्दोलनको अन्तिम तयारी गरेको छ ।
आज बसेको अनेरास्ववियुको केन्द्रीय पदाधिकारी बैठकले आन्दोलनका विशेष तयारी योजना समेत ल्याएको हो ।
अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले बैठकले आन्दोलनलाई थप सशक्त बनाउनेबारेमा छलफल भएको बताए ।
त्यस्तै भोलि सचिवालय बैठक बोलाइएको समेत बताए ।
‘आज बसेको पदाधिकारी बैठकले आन्दोलनका थप योजनाहरु तयार गरेको छ । ’ उनले भने, ‘भोलि आन्दोलनका थप कार्यक्रमबारे छलफल गर्न सचिवालय बैठक बोलाएका छौँ ।’
७ गतेका लागि अनेरास्ववियु र युवा संघ नेपालले संयुक्त रुपमा आन्दोलन गर्ने तयारी गरेको छ ।
अनेरास्ववियुले काठमाडौंका प्रत्येक सरकारी कलेजबाट विद्यार्थीहरु ल्याउने तयारी रहेको बडालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया