गुर्जे भन्ज्याङमा सुमो दुर्घटना, ६ जना घाइते

लोकपथ
511
Shares

काठमाडौं । नुवाकोटको गुर्जेभन्याङमा टाटासुमो दुुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

आज दिउँसो काठमाडौंबाट नुवाकोट जाँदै गरेको टाटासुमो गुर्जेभन्ज्याङमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

जिप्रका नुवाकोटका अनुसार उक्त सुमोमा चालकसहित १३ जना सवार रहेका थिए । घाइतेहरुको ग्राण्डी अन्तराष्ट्रिय अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।

नुवाकोट प्रहरीका अनुसार एक जना गम्भीर घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?