काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकताको काम अघि बढेको छ ।
आज दुवै पार्टीको वार्ता समितिको बैठकले पार्टी एकताको काम अघि बढाएका हुन् ।
आजको बैठकमा पार्टी एकताका लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठनका लागि सुझाव दिने निर्णय भएको छ । त्यस्तै बैठकले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने मर पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिह्न लगायतका विषयहरुमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरुप अघि बढ्ने निर्णय भएको हो ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘बैठकमा पार्टी एकताको लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने साथै उक्त पार्टी एकता संयोजन समितिले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडी बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिह्न, लगायतका विषयहरुमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरुप अगाडी बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय गरियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया