अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । झापामा अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । झापाको मेचीपुल र सुकुम्बासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना शनिबार दिउँसो पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-१० धुलाबारी बस्ने २० वर्षीय रोहित कुमार पोदार र शिवसताक्षी नगरपालिका-१ बस्ने २९ वर्षीया कमला राउत रहेका छन् ।

लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले रोहित कुमार पोदारलाई मेचीनगर नगरपालिका-६ मेचीपुलबाट ३ ग्राम ३ सय मिलिग्रामसहित पक्राउ गरेको हो ।

साथै, प्रहरी चौकी टाघनडुब्बा र बिओपी टाघनडुब्बाबाट खटिएको संयुक्त टोलीले कमला राउतलाई झापा गाउँपालिका-४ स्थित सुकुम्बासी टोल जाने बाटोबाट १ ग्राम ७ सय ७० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?