आन्दोलनमा सरकारबाट दमन हुनसक्ने भन्दै नागरिक बचाउ महाअभियानले माग्यो गुहार (विज्ञप्तिसहित)

लोकपथ
476
Shares

काठमाडौं । मंसिर ७ गते वृहत नागरिक आन्दोलन गर्न लागेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान नेपाल’ ले सरकारबाट दमन हुन सक्ने भन्दै विभिन्न संस्थालाई गुहारेको छ ।

अभियानले विज्ञप्ति जारी गर्दै सरकारले आन्दोलनमा उठेका आवाजलाई निस्तेज बनाउन सक्ने भन्दै संचार माध्यम, राष्ट्रिय तथा अन्तराष्ट्रिय मानवअधिकार आयोग, कुटनीतिक नियोग लगायत संस्थासँग हारगुहार गरेको हो ।

‘नेपाल सरकारले उक्त आन्दोलनमा उठेको आवाजहरुलाई निस्तेज बनाइ आन्दोलनलाई दबाउनका लागि आन्दोलनकारीमाथि दमन गर्दै संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रताको घाँटी निचोर्ने दुस्प्रयास समेत हुने देखिएकाले ‘‘आम राष्ट्रिय तथ अन्तराष्ट्रिय संचारमाध्यम, राष्ट्रिय मानवअधिकार आयोग, अन्तराष्ट्रिय मानवअधिकार आयोग, तथा नेपालस्थित पर्यवेक्षकहरु, नेपालस्थित वैदेशिक कुटनीतिक नियोगहरु नागरिक समाजलाई’’ उक्त आन्दोलनका क्रममा हुन सक्ने मानवअधिकार उल्लंघनका गतिविधिहरुलाई प्रत्यक्ष निगरानी गरी राष्ट्रिय तथा समुदायमा सत्यतथ्य जानकारी गराइदिनुहुन हार्दिक अपीलसहित अनुरोध गर्दछौँ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा विभिन्न २० बुँदे राजनीतिक तथा सामाजिक मुद्दाहरु उठाउँदै अभियानले आन्दोलन गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?