छठको मुख्य दिन झकिझकाउ जनकपुरको गंगासागर (फोटोफिचर)

लोकपथ
234
Shares

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइसकेपछि त्यसको भोलिपल्ट अर्थात सोमबार बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिएर छठ समापन गरिन्छ ।

ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । मधेश प्रदेश लगायत मैथली समाजमा छठलाई मुख्यगरी र भव्य पर्वको रुपमा मनाउने गरिन्छ । उसोत छठ अव तराई र मैथली समाजको मात्र नभएर पछिल्लो समय पहाडमा पनि मनाउन थालिएको छ ।

विशेषत तराईमा मनाइने छठ पर्व पछिल्ला वर्षहरुमा मुकुकको केन्द्रीय राजधानी काठमाडौं लगायत देशका विभिन्न शहरहरुमा समेत मनाउन थालिएको छ ।

छठको अवसरमा जनकपुरधामस्थित गंगासागर झकिझकाउ भएको छ । केही दिन अघिदेखि नै त्यहाँ सिंगारिएको थियो भने छठ हेर्न जानेहरुको भीड समेत लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?